काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

 न्यूज विराट
काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

जुम्ला, १ असार-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/भएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पीसीआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मङ्गल रावलले बताए ।

मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार २२३ को पीसीआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा सात हजार ४६५ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उनले बताए ।

यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा ७ हजार २९७ को पीसीआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा ६ हजार ५ सयको पीसीआर भएको छ । त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ६ हजार ४५१ जना, कोशी अस्पताल विराटनगरले ७ हजार ३ सय ९९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले ६ हजार ३ सय ६१ जना पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ । देशभर २१ प्रयोगशालाबाट १ लाख ३३ हजार ३ सय ७७ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले माथिल्लो कर्णालीका ५ जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुम पश्चिमका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पीसीआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म ७ हजार ४ सय ६५ को परीक्षण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पीसीआर मेसिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।

जुम्लामा अहिले कोरोनाको परीक्षणका लागि अत्याधुनिक ल्याबमा २ चिकित्सकसहित प्रयोगशालाका ४ प्राविधिक छन् । प्रयोगशालामा पीसीआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेशिन सञ्चालनका लागि तालिमसमेत लिएका छन् ।

रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैँले भिटीएम कीट खरिद गरिसकेको छ । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकाेप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ ।

मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा १ महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ । रासस 

सम्बन्धित समाचार

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

टी – २० क्रिकेटमा पुलिस र आर्मी विजयी

विराटनगर । कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित...

एसइइ रनिङ्ग शिल्डको सेमिफाइनलको समिकरण पूरा, सुनसरी र मोरङका चार स्कुल अन्तिम चारमा

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो...

श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न देउवाको आग्रह

काठमाडौं, १७ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लकडाउनका कारण कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारी नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनले श्रमिकको दैनिकी प्रभावित भएकाल उनीहरुलाई...

मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान

विराटनगर, पुस १९–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। गएको वर्ष मुख्यमन्त्री राईले अल्पसङ्ख्यक समुदायका तीन विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको थियो। मोरङको रतुवामाई नगरपालिका–५ र ६ नं...

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

४ जिपीए ल्याउने विद्यार्थीको रोजाइमा शिक्षादीप कलेज

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेज एसईईको परीक्षामा ४ जीपीए ल्याएर उत्तिर्ण हुने विद्यार्थीको रोजाइमा परेको छ । सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट मेडिकल, इन्जिनियरिङ र प्रविधिको क्षेत्रमा अब्बल कलेजको रुपमा स्थिापित...

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्