४ जिपीए ल्याउने विद्यार्थीको रोजाइमा शिक्षादीप कलेज
बिहिबार, १३ असार, २०८१,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेज एसईईको परीक्षामा ४ जीपीए ल्याएर उत्तिर्ण हुने विद्यार्थीको रोजाइमा परेको छ ।
सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट मेडिकल, इन्जिनियरिङ र प्रविधिको क्षेत्रमा अब्बल कलेजको रुपमा स्थिापित शिक्षादीपमा ४ जीपीए ल्याउने विद्यार्थीको रोजाइमा परेको हो ।
बिहीबार प्रकाशित भएको नतिजा अनुसार ४ जीपीए ल्याएकी विराटनगर २ शंकरपुर घर भएकी १५ वर्षीया सिरिन भट्टराईले शिक्षादीप कलेज रोजेकी छिन् । उनले विराटनगरस्थित बुढानिलकण्ठ स्कुलबाट एसईईको परीक्षा दिएकी थिइन् । ४ जीपीए ल्याएर उत्तिर्ण गरेपछि शिक्षादीपमा विज्ञान संकाय लिएर अध्ययन गर्ने उनले सुनाइन् । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाहरूबाट पठनपाठन हुने भएको कारणले शिक्षादीप कलेज रोजेको उनले बताइन् । ‘विज्ञान संकाय लिएर पढेपछि मेरो सपना मेडिकल क्षेत्रमा जाने हो । त्यसको लागि शिक्षादीप कलेज रोजेको हो । राम्रोसँग अध्ययन गरेपछि मेडिकल क्षेत्रमा जाने योजना रहेको छ,’ उनले भनिन्, ‘मेहनत गरेर अध्ययन गर्दा सफलता हात पर्दो रहेछ ।’
सिरिनले शिक्षादीपमा उच्च शिक्षा अध्ययन गर्ने भएपछि कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । उनलाई खादा र माला लगाएर कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले स्वागत गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थी भट्टराईलाई प्रिन्सिपल खड्काले बधाइ ज्ञापन गर्दै आगमी शैक्षिक सफलतको शुभकामना दिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल खड्काले कलेजले विद्यार्थी केन्द्रित शैक्षिक वातावरण तयार पारेको कारणले विद्यार्थी र अभिभावको रोजाइमा शिक्षादीप कलेज परेको बताए । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए ।
विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले...
प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...
बुटवल, ११ जेठ-प्रदेश ५ का १२ जिल्ला मध्ये कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित बाँकेको नरैनापुर हो । नरैनापुर गाउपालिकामा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रदेश ५ को अति विकट...
काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...
बुटवल, ४ जेठ-प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका-८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे...
झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...
विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...
एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...