क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता

 न्यूज विराट
क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता

काठमाडौं, ३० जेठ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् ।

वार्तामा मन्त्रीत्रयबीच कोभिड-१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उनीहरूले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा नेपालमा रहेका क्यानडाली र बेलायती नागरिक तथा बेलायत र क्यानाडामा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता उनीहरूले व्यक्त गरे ।

कोभिड-१९ विरुद्ध आ-आफ्ना सरकारले चालेका कदमप्रति उनीहरूले ऐक्यबद्धता जनाएको, सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाका परिवारजनमा सहानुभूति र समवेदन प्रकट गरे । कोभिड-१९ लाई परास्त गर्न विश्वव्यापी एकता, सहयोग र साझेदारीमा पनि उनहरूले जोड दिए ।

उनीहरूले द्विपक्षीय, क्षेत्रीय विश्वव्यापी साझा चासोका विषयहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । वार्ताका क्रममा विकासशील देशहरूका विकासका कार्यसूची, जलवायु परिवर्तन र बहुपक्षीयताजस्ता विषयमा नेपालसँग साझेदारी गर्ने आश्वासन क्यानाडाका विदेशमन्त्रीले दिएको र बेलायतका विदेश राज्यमन्त्रीले महामारीपछिको नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने दृढता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस 

सम्बन्धित समाचार

प्रदेश १: कांग्रेस र एमालेको आग्रहपछि प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो । नेपाली कांग्रेस र...

शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ५ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने...

४९ करोडको सबारीसाधन किन्दै प्रदेश १ सरकार

विराटनगर, असार ११–सवारी साधन खरिदसहित प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष करिब आधा अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा...

उद्योगी राठीलाई बन्धक बनाएर १५ लाख असुली प्रकरण, निष्पक्ष छानवीन गरी कारवाही गर्न माग

विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...

जुवाखालबाट ७ ठूला व्यवसायी पक्राउ

काठमाडौं, २० जेठ-कमलादीको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा केही व्यापारी पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

बुटवलमा ओली समूहले निकाल्‍यो मोटरसाइकल र्‍याली

नेकपाको ‌ओली समूहले बुटवलमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ । बुटवलको चौराहबाट सुरु भएको र्‍याली मिलनचोक, बसपार्क,...

एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्