जुवाखालबाट ७ ठूला व्यवसायी पक्राउ - News Birat

जुवाखालबाट ७ ठूला व्यवसायी पक्राउ

न्यूज विराट

काठमाडौं, २० जेठ-कमलादीको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा केही व्यापारी पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् । उनीहरूलाई प्रहरीले सोमबार राती कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर पक्राउ गरेको हो ।

जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका सञ्चालक हुन् । अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का सञ्चालक पनि हुन ।

रामचन्द्र संघाई एनआइसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरिएको थियो ।

उनीहरूबाट २ लाख ७७ हजार ७ सय २० रूपैयाँ नगद र १ सय ७९ वटा चिप्स बरामद गरिएको महानगरिय प्रहरी परिसर स्रोतले बतायो । पक्राउ परेका पुरुषोत्तम घिराइया कपडा व्यापारी हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles