भोलिदेखि सवारी साधन चलाउन पाइने, यस्तो छ नियम

 न्यूज विराट
भोलिदेखि सवारी साधन चलाउन पाइने, यस्तो छ नियम

काठमाडौं, २९ जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार भोलिदेखि सवारी साधन जोरविजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि शुक्रबारदेखि काठमाडौँ उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने जनाएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । तर उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर यो व्यवस्था लागू गरिने छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार भोलिदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइनेछ । जसअनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मात्र र २ पाङ्गे सवारी साधन (मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र रहनेगरी सञ्चालन गर्न पाइनेछ ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ । तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाईने छैन । यस अघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका प्रमुख ढकालले भोलिदेखि लागु हुने नयाँ व्यवस्थालाई अनुशासित भई पूर्ण रूपमा पालनाको लागि अनुरोध गरेका छन् । अत्यावश्यक काम बाहेक जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेक प्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु हुँदै, १६१ खेलाडी सहभागि हुने

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता...

नोबेलको विषय गम्भिररुपमा लिएको छु, समस्या समाधानका लागि पहल गर्छुः मन्त्री कार्की

विराटनगर, २० पुस । प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले शासक होइन जनताको सेवक भएर काम...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरेको छ । यसअघि प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ...

नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ । यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा...

मोहना अन्सारीको ट्वीटप्रति मानवअधिकार आयोगका अध्यक्ष शर्माको आपत्ति

काठमाडौं, २५ असार-राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले मंगलबार सदस्य अन्सारीले गरेको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । अन्सारीले...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्