नोबेलको विषय गम्भिररुपमा लिएको छु, समस्या समाधानका लागि पहल गर्छुः मन्त्री कार्की

 न्यूज विराट
नोबेलको विषय गम्भिररुपमा लिएको छु, समस्या समाधानका लागि पहल गर्छुः मन्त्री कार्की

विराटनगर, २० पुस । प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले शासक होइन जनताको सेवक भएर काम गर्ने बताउनुभयो । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उहाँको भनाई छ ।

अघिल्लो दुई तिहाईको सरकार र त्यसको नेतृत्व गरेका केपी शर्मा ओलीको तानाशाही शासक बन्ने मानसिकताका कारण फेरि पनि लोकतन्त्रका अवयव अन्योलको भूमरीमा फस्न पुगेको बताउँदै उहाँले त्यसलाई सही ठाँउमा ल्याउनका लागि चुनौति रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकको विकास सम्भव रहेको बताउँदै अहिले पनि कांग्रेससहित गठबन्धन दल त्यही भूमिकामा रहेको बताउनुभयो ।

मन्त्रालय सम्हालेको आज ६४ औँ दिन भएको बताउँदै उहाँले १४ वटै जिल्ला अन्तरगत प्रहरी चौकीहरुको मर्मत सम्भार गरि पूर्वधारको विकास गर्ने बताउनुभयो । अपराधिक घटना नियन्त्रण गर्ने, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनःस्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको मन्त्री कार्कीको भनाई छ ।

ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताउँदै भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइने व्यवस्था मिलाएको र संक्रमित पहिचान भएकालाई कोभिड १९ उपचार केन्द्र, होल्डिङ सेन्टर लगायत उपयुक्त तोकिएको ठाउँमा राखेर उपचार गरिएको बताउनुभएको छ ।

विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम मन्त्रालयले गर्दै आएको उहाँको भनाई छ । प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गरिने छ ।

मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानूनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने बताउँदै न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने बताउनुभएको छ । आइतबार झापा कारागारको निरिक्षण गर्नुभएका मन्त्री कार्कीले अब चाँडै मोरङ कारागारको पनि निरिक्षण गर्ने र प्रदेशका सबै कारागारलाई व्यबस्थित बनाउने बताउनुभएको छ ।

ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उहाँले ट्राफिक व्यवस्थापनमा सुधार गर्ने बताउनुभएको छ । यसअघि मन्त्रालयले ट्राफिक सप्ताह मनाएको थियो । अब भने ट्राफिक सदा भन्ने नारा व्यवहारमा लागू गर्नुपर्ने उहाँको धारणा छ । ट्राफिक प्रहरीसंग कसैको सोर्स नलागोस भन्दै उहाँले ट्राफिक अपराध सबैलाई कानूनी दायरामा ल्याइने बताउनुभयो ।

मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै सबैको हातहातमा राजपत्र पुर्याउने वचन दिनुभएको छ । प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गर्ने, पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत विकासका साथै सञ्चारगृहहरुको अनुगमन गरी समस्या पहिचान गरिने उहाँले बताउनुभएको छ ।

नोवेल मेडिकल कलेजमा देखिको विषयलाई गम्भीर रुपमा लिएको बताउँदै उहाँले समस्याका समाधान गर्न पहल गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौं, ११ साउन-नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या...

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी...

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

‘सत्ता देश र जनताको सेवाको साधन हो, यो कुरा आत्मसाथ नगर्ने राजनीतिक ठग हुन्’

काठमाडौं, ५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायाणकाजी श्रेष्ठले राज्यसत्तालाई सबै थोक ठान्नु अपराध हुने बताएका छन् । माओको विचारलाई उद्धृत गर्दै उनले सत्ता देश र जनताको सेवाको साधान रहेको...

विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त...

काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित

काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६...

खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता

काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए । अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो...

एकै पटक १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ वैशाख-एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्