नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

 न्यूज विराट
नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ ।

यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा राष्ट्रपति भण्डारीले संशाेधन गर्न सुझाव दिँदै फिर्ता पठाएकी थिइन् ।

त्यसपछि आज बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकले विधेयकलाई फेरि जस्ताकाे त्यस्तै पास गरेर राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेकाे जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

दाेस्राेपटक पठाएकाे विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । एमाले लगायतका दलहरूले भने फिर्ता आएकाे विधेयकमा उठेका प्रश्नहरूबारे राष्ट्रिय सहमति खाेजिनुपर्ने बताउँदै आएकाे छ ।

सम्बन्धित समाचार

अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय...

कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...

कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौं, १६ असार-नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री...

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत...

निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...

दोस्रो कोशी खुला गल्फ प्रतियोगितामा विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् । आज धरान स्थित धरान गल्फ क्लबको गल्फ...

जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न

काठमाडौं, २४ कात्तिक-केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गर्ने भएको छ । विभागले जनगणनाको लागि तयारी अघि बढाएको जनाएको छ । संघीयतापछिको पहिलो जनगणनाका...

कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्