सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

 न्यूज विराट
सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विराटनगर, जेठ २९–कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा आवद्ध रहेका युवाहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङको प्रवेशद्वारमा नेपाल सरकारले १० अर्व खर्चको विषयलाई लिएर धर्ना दिएका हुन् ।

विराटनगरका अधिकांश युवाहरुले प्रशासन प्रवेश द्वार अगाडी कोरोना कोषको १० अर्व खोइ ? आरडिटि परिक्षण खारेज गरी पिसिआर लागू गर, जनता भोकले मर्ने राष्ट्रपति गलैंचा फेर्न पाइन्न, सुविधा युक्त क्वारेन्टाइन निर्माण गर, भ्रष्टाचार बन्द गर र जनताले तिरेको करले २ करोडको गाडी मन्त्रीले किन्न पाइन्न लगायतका नारा लगाउदै नाराबाजी समेत गरेका थिए । युवाहरुले सरकारले जनतालाई अब धेरै सास्ती दिन नहुने भन्दै दोस्रो चरणको राहत वितणलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय गेटअगाडी एक घण्टा सम्म युवाहरुले नाटकीय रुपमा सुतेको सरकारको अभिनय समेत गरेका थिए । युवाहरुको विरोध शान्त गर्न धर्नास्थल पुगेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले युवाहरुले राखेको मागलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

तेस्रो प्याब्सन कप : गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् । विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

बेलबारी गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक डाँगीहाट र भोजपुर भिड्ने

विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

राप्रपा अध्यक्षमा लिङदेन विजय

काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो । पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै...

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षादीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष...

प्रधानमन्त्रीको निर्देशन भोको नराख्नू, सडकमा हिड्न नदिनू

काठमाडौं, ५ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण कसैले भोकै बस्नु पर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् ।कोरोना का कारण लकडाउन लम्बिएपछि हिडेरै गाउँजाने क्रम बढेको भन्दै उनले यसलाई रोक्नसमेत मातहतका निकायलाई निर्देशन दिएका...

छठमा राष्ट्रपति काठमाडौंका जलासयमा नजाने

काठमाडौं, ४ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक हुन नसक्ने बताएका छन् । राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौंका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्