काठमाडौं, मंसिर १९। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उहाको जित निश्चित भएको हो ।
पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिनुभएको छ । केहीबेरमै मतगणना सकेर औपचारिक घोषणा गर्ने तयारी निर्वाचन समितिको छ ।