तेस्रो प्याब्सन कप : गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय
मङ्गलबार, २९ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् । विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् ।
पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४–२ गोलले हरायो । जितको लागि गौतमबुद्धका आयूष प्रधान, आर्दश राई, आसुतोस खड्का र सौरव रानामगरले गोल गरे । सप्तकोशीको तर्फबाट समिर राजपुरिया र रितेश कर्णेलले गोल गरे । प्लेर अफ द म्याच गौतम बुद्ध स्कुलका गोलकिपर सुभम राई घोषित भए ।
दोस्रो खेलमा गोदावरी स्कुल वाकओभरमा विजयी घोषित भयो । बिनायक स्कुल नभएपछि गोदावारीले वाकओभर पाएको हो ।
तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले पराजित गर्यो । सेन्टजोसेफका गोल गर्ने निशाद सिटौला दुई गोल र प्रनिश खड्काले एक गोल गरे । दुई गोल गर्ने निशाद सिटौला प्लेर अफ द म्याच घोषित भए । बुधबार पहिलो खेल ग्यालेक्सी र मदरल्याण्ड एकाडेमी बिच हुनेछ । सोही दिन दोस्रो खेल दर्पन र मोडर्न एरा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।
सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् । सिरहामा कोरोना...
विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा पराजित भएका नेता गुरुराज घिमिरेले पार्टीको आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भएको आरोप लगाएका छन् । सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले पार्टीको आन्तरिक...
विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...
भोजपुर, फागुन १६–भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले आफूहरुलाई करार दरबन्दीमा लान माग गर्दै कलम बन्दसहितको चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आफुहरुले बिगतमा राखेका मागहरु पूरा नभएको भन्दै आजबाट भोजपुर क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले...
काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ । उहाँले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की...
जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित...
महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...
काठमाडौं, २२ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको छलफलअनुसार प्रचण्डसहित सचिवालय सदस्य...