देशभर आज थपिए २७९ कोरोना संक्रमित, हालसम्म ४ हजार ३६४ संक्रमण पुष्टि

 न्यूज विराट
देशभर आज थपिए २७९ कोरोना संक्रमित, हालसम्म ४ हजार ३६४ संक्रमण पुष्टि

काठमाडौं, २८ जेठ-नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनसार थपिएका संक्रमितमध्ये २५७ पुरुष र २२ जना महिला रहेका छन् । योसँगै नेपालमा संक्रमिको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये ४ हजार ५५ जना पुरुष रहेक छन् भने ३ सय ९ जना महिला रहेका छन् ।

पीसीआर विधिबाट २४ घण्टाको अवधिमा ४ हजार ४ सय १४ नमुनाको परीक्षण गरिएको छ । ६ हजार ७ सय २२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म १ लाख १० हजार ७ सय ४४ पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ । १ लाख ७२ हजार ८ सय ८० जनाको आरडीटी विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बीपीमा थप एक संक्रमितको मृत्यु

सुनसरी ४ कात्तिक-सुनसरीको धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९.३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो । १ कात्तिकमा कोरोना पोजिटिभ...

विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

विराटनगर, २७ असार । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री केपी ओलीले २८ मंसिर आइतबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान बैठक बस्न सदस्यहरूलाई पत्र काट्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएको बालुवाटार स्रोतले बतायो । बैठकमा अख्तियार दुरुपयोग नियन्त्रण...

विराटनगरको होटल अनुगमन : एसियाटिकसहित तीन होटल ‘क’ वर्गमा

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको तीन वटा होटल ‘क’ वर्गको मान्यता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बिहीबार गरेको अनुगमन र निरीक्षण पछि विराटनगरको एयरपोर्ट रोडमा रहेको होटोल एसियाटिक, विराटनगर...

पाँच दलीय गठबन्धनलाई एमाले काफी छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए । ‘पाँच...

प्रदेश १ बाट पदक विजेता तेक्वान्दो खेलाडीलाई सम्मान

विराटनगर । पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ । प्रदेश १ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा एक कार्यक्रम...

थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १ हजार २ सय १२

काठमाडौं, १६ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा थप १ जना ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय...

एमाले महानगरको अधिवेशन आज : कोइराला र गिरीको समूह चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन आजदेखि सुरू हुँदैछ । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले उक्त अधिवेशन उद्घाटन गर्नेछन् । अधिवेशन नजिकिएसँगै आकांक्षीहरू चुनावी तयारीमा जुटेका छन् । संस्थापन पक्षबाट वर्तमान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्