राशिफल

पाँच दलीय गठबन्धनलाई एमाले काफी छ: केपी ओली

 न्यूज विराट
पाँच दलीय गठबन्धनलाई एमाले काफी छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए ।

‘पाँच दलीय गठबन्धनका केही दलले गठबन्धन गरेर चुनाव लड्छौँ भनिरहेका छन् । पाँच दलीय गठबन्धनजस्ता अरु १० वटा दल मिलेर चुनावमा आए पनि एमालेलाई केही फरक पर्दैन,’ उनले भने ।

अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्ने र विजयी हुने बताए । ‘एमाले कसैको बैशाखी टेकेर चुनाव लड्दैन,’ उनले भने, ‘आफैँ चुनाव लड्छ र जित्छ ।’

अध्यक्ष ओलीले एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए । ‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्मसँगै जान्छौँ भनेका छन्’, उनले भने, ‘तर कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।’

सम्बन्धित समाचार

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...