कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

 न्यूज विराट
कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।

उक्त घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु वलियाले बताए । उनका अनुसार ९ जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । टिपर चालक भने घटनालगत्तै फरार भएका छन् ।

कालिकोटको राजकोट नगरपालिकाको लालीघाट भन्ने ठाउँमा टिपर दुर्घटना भएको थियो । कर्णाली नदीमा बेपत्ता भएकाको नेपाल प्रहरी नेपाली सेनाको टोली र स्थानीयले खोजी कार्य गरिरहेको बताइएको छ ।

यसअघि ३ जनाको मृत्यु भएको चेम्बर अर्फ कमर्स कालिकोटका अध्यक्ष हस्तबहादुर बमले बताएको भए पनि प्रहरीले भने २ जनाको मृत्यु भएको पुष्टि गहेको हो । ४ जनाले भने टिपरबाट हाम फालेर ज्यान जोगाएका थिए ।

नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएका र रामछेप जिल्लाबाट उद्धार गरिका उनीहरूलाई क्वारेन्टाइनमा राख्न लैजाँदै गरेको अवस्थामा दुर्घटनामा परेको कमर्स कालिकोटका अध्यक्ष बमले बताए ।

सम्बन्धित समाचार

कोरोना त्रासः प्रदेश नं. १ मा उच्च सर्तकता

विराटनगर, फागुन २२–कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा...

कोभिड-१९ बाट कुन देश कति प्रभावित ?

बेइजिङ, ७ कात्तिक-जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या विश्व २४३,४३६,१४२ अमेरिका ४५,४२७,५३९ भारत ३४,१७५,४६८ ब्राजिल २१,७२३,५५९ बेलायत ८,७७५,८८९ रूस ८,११२,९९९...

रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे...

कांग्रेस सभापति लिम्बुको पहलमा विद्यार्थीलाई प्राविधिक तालिम

विराटनगर, फागुन २२–मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ । क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा...

हिसान स्पोर्ट्स मिट : फुटबलको उपाधि अर्किड कलेजलाई

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ । विराटनगरको शहिद मैदानमा मंगलबार राती सम्पन्न भएको फुटबलतर्फको दुवै स्पर्धाको उपाधिे अर्किड कलेजले जितेको हो ।पहिलो...

प्रेस सेन्टर नेपाल मोरङद्वारा नयाँ वर्ष २०८२ को टेबल क्यालेन्डर विमोचन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङले नयाँ वर्ष २०८२ सालको टेबल क्यालेन्डर सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहमा उक्त क्यालेन्डरको विमोचन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोशी...

आज १२ चार्टर्ड उडानमार्फत १ हजार ११५ नेपाली स्वदेश फर्किए

काठमाडौं, २० साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र...

होटल व्यवसायी संघद्वारा आयोजित रक्तदानमा ६० पिन्ट रगत संकलन

विराटनगर, ६ चैत । विराट होटल ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ । संघले नगरक्षेत्रको ट्राफिकचोकमा आज बिहान कार्यक्रम गरेको हो । रक्तदान शिवीरबाट ६० पिन्ट रगत संकलन भएको छ । शिवीरमा होटल ब्यवसायी संघका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्