कोरोना त्रासः प्रदेश नं. १ मा उच्च सर्तकता

 न्यूज विराट
कोरोना त्रासः प्रदेश नं. १ मा उच्च सर्तकता

विराटनगर, फागुन २२–कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा सावुन पानीले हात धुने देखि लिएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गर्ने सम्मका लागि काम शुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि प्रदेश स्तरमा उच्च सर्तकता अपनाउने काम शुरु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ‘नेपाल कोरोना भाईरसको उच्च जोखिममा समावेश भएपनि अहिले त्रासदीपूर्ण अवस्था छैन ।’ मन्त्री घिमिरेले भने,‘उच्च सर्तकता अपनाउन भने आवस्यक छ । त्यसका लागि प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शंका लागेमा आवश्यक स्वास्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको छ ।’

कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेश नं. १ मा २८ वटा वेड तयारी अवस्थामा राखिएको छ । शंकास्पद व्यक्तिको नमूना संकलन देखि लिएर संक्रमितको तत्काल उपचारकालागि प्रदेश नंं १ का ४ वटा अस्पतालका २८ वेडलाई तयारी अवस्थामा राखिएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले बताए ।

विराट मेडिकल कलेजमा १२, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा १०, कोशी अञ्चल अस्पतालमा ५ वेड र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको एउटा आइसोलेसन वार्ड तयार गरिएको उनले जानकारी दिए । अस्पताल र ल्यावका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत प्रदेश सरकारले मिलाएको छ । कोशी अस्पतालमा प्रदेश स्तरको आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र पनि स्थापना गरिएको छ ।

कोरोनाको संक्रमणको सावधानीका लागि प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति पनि निर्माण गरिएको छ । समितिमा सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा, कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजका प्रमुख वा प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रहेका छन् । नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर, झापाको भद्रपुरमा विशेष निगरानीको शुरु गरिएको छ ।

सम्बन्धित समाचार

लगानी बोर्डबाट १ खर्ब ८५ अर्ब बढीका ७ परियोजना स्वीकृत

काठमाडौं, ६ असार-लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका ७ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले ५ वटा जलविद्युत् परियोजना र २...

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौं, असार १-नेपालमा सोमबार थप ४५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ३५ महिला ४१६ जना पुरुष गरी ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...

संक्रमणबाट निको हुने दर ७६.९ प्रतिशत

काठमाडौं, १५ कात्तिक-पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।...

कोरोनाको उच्च जोखिममा छ देश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...

२० दिनमा ११ वटा लुटपाट गर्ने गिरोहका ७ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीमा हातहतियार देखाउँदै श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । २० दिनमा ११ ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्दै हिड्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ...

प्रदेश १ मा ६१ संक्रमित थपिए

विराटनगर, २४ साउन–प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोङगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष,...

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

नेपाल थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । दुबईबाट फर्केका एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको हो । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका...

कोभ्याक्सबाट सोमबारभित्र थप १३ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आउँदै

काठमाडौँ । कोभ्याक्स संयन्त्रबाट नेपालले आगामी सोमबार थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप अस्ट्राजेनेका प्राप्त गर्ने भएको छ । बेलायतले कोभ्याक्स सुविधाबाट पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोपमध्ये आउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्