रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

 न्यूज विराट
रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो ।

आइतबार अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टा स्थित घुम्ति नजिकै ट्याक्टर दुर्घटना भएपछी सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा आयात गरिएको चिनी फेला परेकाले जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको खुलासा भएको हो ।

यसरी भयो खुलासा
आइतबार अपराहन्न ३ बजे सोनापुरबाट उर्लाबारी तर्फ जाँदै गरेको मे १ त ८७ १६ नं. को ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको वा २९ प ६८४५ नं. को मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएपछी अत्तालिएका ट्याक्टर चालक चलिरहेको ट्याक्टरबाट हाम फालेर फरार भएपछी दक्षिण तर्फ ढुंगा बोकेर आउँदै गरेको अर्को मे १ त ६४६४ नंम्बरको ट्याक्टर समेत अनियन्त्रीत भएर मोटर साइकललाई पुनः ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार रतुवामाई नगरपालिका–६ का प्रकाश र खगेन्द्र भेटवाल घाईले भएका थिए । घाईते दुवैजनाको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

दुर्घटना पश्चात घटना स्थलमा पुगेको प्रहरीले चेकजाँच गर्दा मे १ त ८७१६ नं. को ट्याक्टरको डालामा धानको बोराले छापेर भारतबाट अवैध रुपमा ल्याइँदै गरेको २५ क्विन्टल चिनि बरामद गरि नियन्त्रणमा लिएपछी वडा सदस्य मियाँ तस्करीमा संलग्न भएको खुलेको हो ।

घटास्थलमा बरामद गरिएको चिनी धानको बोरा जस्तै देखिने गरि जुटको बोराभित्र राखेर उर्लाबारी तर्फ लगिँदै गरेकाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक मोहन रायमाझिले जानकारी दिए । ट्याक्टरबाट १ सय ७ धानका बोरासहित बरामद गरेको ५० बोरा चिनी सोमबार विहान प्रहरीले सार्बजनिक गरेको छ ।

तस्करीमा संलग्न ट्याक्टर, चिनी र धान आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक रायमाझिले बताए । स्थानीयका अनुसार सिमा क्षेत्रका व्यपारी समेत रहेका वडा सदस्य मियाँकै ट्याक्टर चिनी तस्करीमा प्रयोग भएको हो ।

स्थानीयले प्रहरीलाई झुक्याएर वडा सदस्य मियाँले भारतबाट विभिन्न वस्तु अवैध रुपमा नियमित नेपाल भित्रयाएर उर्लाबारी, पथरी, इटहरी, धरानलगायत पूर्वका विभिन्न स्थानमा पुर्याउँदै आएका छन् । वडा सदस्य मियाँको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिए लगत्तै उनी फरार रहेका छन् ।

सम्बन्धित समाचार

एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

काठमाडौं, भदौ १ । सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।...

नेकपाका बहुमत सचिवालय सदस्य स्थायी समिति बैठक बोलाउने तयारीमा

काठमाडौं ३ मंसिर-नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षले आजको सचिवालय बैठकले स्थायी समितिको बैठक डाक्ने तयारी गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच बस्ने तयारी भएको बहुमत सचिवालय सदस्यको बैठकले स्थायी...

कास्कीमा १९ महिने बालिकामा कोरोना

पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा...

विराटनगरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

विराटनगर । झी : पुच विराटनगरले गाईजात्रा पर्व मनाएका छन् । विराटनगरमा मंगलबार सामुहिक गाईजात्रा निकालेको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि...

३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध

काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...

विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा वेपत्ता

एजेन्सी, २० पुस-विश्वप्रसिद्ध अलीबाबा समूहका संस्थापक ज्याक मा बेपत्ता भएका छन् । चिनियाँ उद्यमी ज्याक मा पछिल्लो दुई महिनादेखि वेपत्ता भएको आशंका गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पछिल्लो मतभेद भइरहँदा अचानक गायव भएका...

मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।...

टी–१० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा एनबीएससी लायन्स विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटनको दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्