काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
उनले एमसीसी सम्झौता कसले गर्यो भनेर खोज्नु पर्ने आबश्यकता नभएको र यो सम्झौता नेपाल सरकार अर्थमन्त्रालयबाट भएको बताए । सम्झौताका केही विषय प्रष्ट्याउन वा सहायक सम्झौताहरु संशोधन गर्न सकिए पनिअन्तर्राष्टियस्तरबाट आएको सहयोग लिन नहुने भन्ने नभएको प्रतिक्रिया दिए ।
अर्थमन्त्रीले यो परियोजना अन्तर्गतको बजेट विद्युत र सडक पूर्वाधारमा लगानी गर्ने भनेर ३ वर्षदेखि काम भइरहेको जानकारी गराएका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा एमसीसी अन्तर्गतको रकम र परियोजना समावेश गरिएपछि नेकपा भित्र फेरि विवाद देखिएको छ ।