बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ

 न्यूज विराट
बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ

काठमाडौं, ९ फागुन । बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।

काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । अग्रवालले व्यवसायी जबरालाई डेढ करोड र अधिकारीलाई ५० लाख रुपैयाँको चेक दिएका थिए । चेक बाउन्स भएपछि उनीहरूले अग्रवालविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

तीन दिनअघि पक्राउ परेका अग्रवाललाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  बैंकको ऋण तिर्न नसकेपछि इन्भेष्टमेन्ट र एभरेष्ट बैंकले अग्रवालको पसलमा सिल गरेका थिए ।

बैंकले पसल सिल गरेपछि अग्रवाल परिवारसहित २२ पुसमा फरार भएका थिए । फरार भएको समाचार बाहिर आएपछि अग्रवाल २७ माघमा काठमाडौं फर्किएका थिए ।

सम्बन्धित समाचार

संखुवासभामा कैदी मृत्यु प्रकरणको प्रतिवेदन सार्वजानिक , सुरक्षाकर्मीको चरम यातनाबाट दुई जना कैदीको मृत्यु

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका – १ स्थित जिल्ला कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै चरम यातना दिएपछि मृत्यु भएको अनुगमन टोलीले दावीसहितको स्थलगत अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ । साउन २४ गते विहान...

सुनसरीको दुहवीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

विराटनगर, २३ वैशाख ।चुनावी प्रचारप्रसारका क्रममा सुनसरीको दुहवीमा डिजे बजाएको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार चुनावी प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर विवाद...

काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए । बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका...

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

ट्रम्पकी दिदी भन्छिन्ः मेरो भाइ झुठ र धोकेबाज व्यक्ति

एजेन्सी, ८ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ राष्ट्रपति ट्रम्पलाई कुनै सिद्धान्त नभएको झुठो व्यक्ति भएको बताएकी छन् । एक गोप्य रेकर्डिङमा उनले सो कुरा भनेको अडियो सार्वजनिक भएको हो । संघीय अदालतकी पूर्वन्यायाधीश...

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौं,  १७ कात्तिक-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही...

सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...

प्रदेश १ मा कसको सरकार ?

विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्