न्यूजिल्याण्डमा कोरोना संक्रमण शून्य, प्रतिबन्धहरू फुकुवा

 न्यूज विराट
न्यूजिल्याण्डमा कोरोना संक्रमण शून्य, प्रतिबन्धहरू फुकुवा

एजेन्सी, जेठ २६-न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमणको दर शून्यमा झरेको छ । संक्रमितको संख्या शून्यमा झरेसँगै देशभित्र लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न लागिएको छ ।

न्यूजिल्यान्डमा सोमबार मध्यरातदेखि कोरोना भाइरससम्बन्धीका सतर्कता तहहरू सबैभन्दा तल्लो तहमा पुर्‍याउने उद्घघोष प्रधानमन्त्री जसिन्डा आर्डर्नले गरेकी छन् । सीमा नाकाहरू बन्द नै रहनेछन् ।

न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमण शून्यमा पुगेपछि सार्वजनिक र निजी कार्यक्रम गर्न फुकुवा गरिएको छ । खुद्रा पसलहरू, होटल तथा रेस्टुरेन्ट, सार्वजनिक यातायात र घरेलु उडान संचालन गर्न पनि अनुमति दिइएको छ ।

प्रधानमनन्त्री आर्डर्नले अभूतपूर्व एकताबाट कोरोना भाइरसलाई जित्न सफल भएको उल्लेख गर्दै भाइरस निर्मूल पार्न निरन्तरको प्रयास आवश्यक पर्ने चेतावनीसमेत दिइन् । उनले देशमा भाइरसका नयाँ संक्रमित देखापर्ने समेत उल्लेख गरिन् । न्यूजील्यान्डमा जम्मा १ हजार ५ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

झापामा एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित

झापा, १६ जेठ-झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोभिड-१९ का संक्रमित भेटिएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकामा भेटिएका हुन् । बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको...

प्रधानन्यायाधीशकाे स्वास्थ्य अवस्था सुधारोन्मुख छ : अस्पताल

काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काेराेना संक्रमण भएपछि उनी यही १३ मंसिरदेखि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन...

प्रादेशिक खाद्य मेला आयोजना हुँदै

जनकपुर, फागुन ४–प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा आउंदो फागुन १० गतेदेखि प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने...

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...

पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, ६ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन...

देशभर १६७४ संक्रमित थपिए, २३२३ जना डिस्चार्ज

काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा...

पूजा आराधना गरी आज सीता जयन्ती मनाइँदै

काठमाडौं, २० वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने...

बुहानमा दुई महिनापछि लकडाउन खुल्यो

चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको बुहान शहरमा सोमबारदेखि सतर्कतासाथ मानिसको आवागमन शुरु भएको छ ।भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै बुहानमा झण्डै दुई महिनासम्म १ करोड १० लाख मानिस घरभित्रै बसेका थिए । स्थानीय सरकारले हुबे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्