बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने - News Birat

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

न्यूज विराट

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।

प्रतिष्ठानका निर्देशक प्रा. डा. गाैरीशंकर साहले हिजो एक सूचना जारी गर्दै कोभिड परिक्षण तथा उपचारको लागी भएका नयाँ निर्णयहरूको जानकारी गराएका छन । यसअघि पिसिआर परिक्षणको लागी २ हजार शुल्क लिइदै आएको थियो । आर्थिक रूपले विपन्न, अशक्त र असहाय नागरीक, असहाय एकल महिला तथा अपाङ्गता भएका नागरीक, ज्येष्ठ नागरीकहरूलाई लक्षण देखिएमा सिफारिस।परिचय पत्रको आधारमा भने निशुल्क पिसिआर परिक्षण गरीनेछ ।

सूचना अनुसार कुनै लक्षण नभएकोले ७ हजार, हल्का लक्षण भएकोले १२ हजार, मध्यम लक्षण भएकोले ३५ हजार तथा गम्भिर लक्षण भएकोले ६० हजार रकम उपचार सेवा अगावै धराैटी राख्नुपर्ने बताइएको छ । यस्तै, लक्षण नएकोलाई २ हजार, हल्का भएकालाई ३५ सय, मध्यम भएकालाई ७५ सय र गम्भिर लक्षण भएकालाई १५ हजार दैनिक शुल्क लिइने सूचनामा उल्लेख छ ।

यसैगरी लक्षण नभएमा वा हराएमा संक्रमित विरामीहरूलाई १४ दिनमा डिर्स्चाज गर्ने गरीएकोमा अब पछिल्लो ३ दिनमा लक्षण नदेखिएमा १० दिनमा डिर्स्चाज गर्ने बताइएको छ । त्यस पश्चात विरामीले एक साता होम आइसोलेसन अनिवार्य बस्नुपर्ने उल्लेख छ । नेपाल सरकार, स्वास्थ तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ आपतकालिन तथा विपत व्यवस्थापन इकाई, काठमाडाैंबाट निर्णय भई कार्यान्वयन गर्नका लागी आएको निर्देशन अनुसार नयाँ निर्णय भएक पत्रमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles