राशिफल

प्रादेशिक खाद्य मेला आयोजना हुँदै

 न्यूज विराट
प्रादेशिक खाद्य मेला आयोजना हुँदै

जनकपुर, फागुन ४–प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा आउंदो फागुन १० गतेदेखि प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मूल नाराका साथ जनकपुरधाममा यो दोश्रो खाद्य मेला आयोजना हुन लागेको हो ।

आयोजना गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज पत्रकार सम्मेलन गरी जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने सो खाद्य मेला फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना हुने कुरा जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा परम्परागत, स्थानीय,अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रवद्र्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यका सो खाद्य मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...