विराटनगर, जेठ १८–इमान्दार, राष्ट्रवादी र भ्रष्टाचार विरोधि छविका कारण सँधै चर्चामा आउने गरेका पूर्वमन्त्री लालबाबु पण्डितले जनतासँग गरेको बचा पूरा गर्दै जान थालेका छन् ।
जनताको पीर मर्का र समस्याहरुमा साथ दिँदै आएका पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद पण्डितको निर्वाचन क्षेत्रमा खानेपानीको ठुलो आयोजना सुरु भएको छ ।
सांसद पण्डितको पहलमा मोरङको बुढीगंगा गाउँपालिकामा करोडौँ रुपैयाँको लगानिमा खानेपानि आयोजनाको काम सुरु भएको हो । उक्त आयोजनाको बुढीगंगा गाउँपालीका अध्यक्ष बालचन्द्र माझीले एक कार्यक्रमकाबिच वडा नं. ३ स्थित नेमुवामा खानेपानी आयोजनाको शिलान्यास गरेका छन् ।
सो आयोजना अन्तर्गत टंकीसिनुवारी सहलगानी खानेपानी तथा सरसफाई आयोजना, वुढीगंगा गाँउपालीका–१, २, ३,४ र ५ मा खानेपानी ट्याङकी र गाड हाउस स्थापना हुनेछ ।
नेकपा १ नं. प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीका अनुसार उक्त खानेपानी ट्याङकी र गाड हाउस आयोजनाको स्वीकृत गर्नको लागी कुल इस्टीमेट रकम ४५ करोड ९६ लाख ७ हजार १ सय ३२ रुपैया रहेको र शर्मा सगरमथा जेभी बढानिलकण्ठ–८ मन्डीखाटार काठमाण्डौंसँग ३० महिना भित्र काम सक्ने गरि गएको बैशाख ३० गते २७ करोड ५५ लाख ४० हजार ९ सय २८ रुपैया २७ सम्झौता भएको थियो ।
शिलान्यास कार्यक्रममा बुढीगंगाका गाउँपालीका अध्यक्ष बलचन्द्र माझीले सो क्षेत्रमा पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितको पहलमा र योगदानको बारेमा चर्चा गरे । कार्यक्रममा संघीय खानेपानी तथा ढल निकाश ब्यवस्थापनका योजना प्रदेश न. १ का प्रमुख चक्रमणी आचार्यले आयोजनाका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालीकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, साथै खानेपानीका आयोजनाका सिनियर डिभिजनल इन्जीनियर सुरतलाल चौधरी, नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी बुढीगंगा गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका एवमं वडा सदस्यहरु लगायत स्थानीय राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी बुदीजिवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता खानेपानी उपभोक्ता समितिको अध्यक्ष नबराज बिष्ट, सञ्चालन सचिव भुनेश्वर मण्डल तथा सहजीकरण राजन केसीले गरेका थिए ।