एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने

 न्यूज विराट
एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने

स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला एसइईको अन्तिम तयारीको अवस्थामा अकस्मात परीक्षा स्थगन भएपछि विद्यार्थीमा रहेको निराशा हटाई थप उत्साहित बनाउँदै पुनर्ताजगी बनाउने उद्देश्यले ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

कोभिड–१९ को महामारीले निराशा मात्रै हुने नभई एकान्तबासको अवधिमा वैकल्पिक उपायको खोजी गर्दै अगाडि बढ्ने क्रममा पहिलो पटक ‘विशेष कक्षा’ सञ्चालनको तयारी गरिएको नगरप्रमुख खाँणको भनाइ थियो ।

विशेषगरी अहिले अङ्ग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकले स्टुडियोबाट पढाउने गरी व्यवस्था मिलाइएको पूर्णामृत भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक लम्सालले बताए ।

एकान्तबास अवधिमा बाहिर हिँड्न नपाइने र घरमै बसेर प्रविधिको प्रयोग गरेर शिक्षा आर्जन गर्न पाइने भएकाले पनि ‘विशेष कक्षा’ प्रभावकारी हुने सहायक प्रअ लम्सालले जिकिर गरे ।

आगामी बिहीबारबाट प्रत्येक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म एकघण्टा सामुदायिक रेडियो आँधीखोला र वालिङ टेलिभिजन एचडीबाट ‘विशेष कक्षा’ सञ्चालन थाल्ने वालिङ टेलिभिजनका व्यवस्थापक मणिप्रसाद अर्यालले बताए ।

विद्यार्थीले आफूलाई जिज्ञासा लागेका प्रश्न कक्षा सञ्चालन हुनुपूर्व स्टुडियोमा टिपाउन वा प्रत्यक्षरूपमा शिक्षकलाई टिपाएर समस्याको समाधान पनि गर्न सक्ने व्यवस्थापक अर्यालले बताए । रासस

सम्बन्धित समाचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पतालमा

काठमाडाैं, ३ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । कोरोना भाइरस (काेभिड-१९) संक्रमित १ महिलाको मृत्यु भएपछि टोली धुलिखेल अस्पताल पुगेको हो । ‘काेभिड-१९ कै संक्रमणले मृत्यु भएको रहेछ भने यो पहिलो...

सुनको मूल्य १ लाख नाघ्यो

काठमाडाैं, २१ साउन-बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै छापावाल सुन आज प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ...

मौद्रिक नीतिको लागि वाणिज्य महासंघ कोशी प्रदेशको १५ बुद्धे सुझाब

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका...

भारतीय दूतावास घेराउ गर्न पुगेका राप्रपासम्वद्ध युवा पक्राउ

काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । भारतले...

कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौं, १६ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो...

रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि

मस्को, बैशाख १८–रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिसहुस्तिन स्वयंले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड–१९...

तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको...

महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सिरहालाई ५ विकेटले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्