अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष बनाउनुपर्छः प्रधानमन्त्री ओली 

 न्यूज विराट
अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष बनाउनुपर्छः प्रधानमन्त्री ओली 

काठमाडौं, १६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।

कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी विषयको राष्ट्रसंघीय उच्चस्तरीय भर्चुअल संवादमा गए राती सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका हरेक अर्थतन्त्रलाई माथि उकास्न दिन त्यस प्रकारको अर्थप्रणाली आवश्यक भएकाले विद्यमान विश्व आर्थिक व्यवस्थाको ढाँचामा आमूल परिवर्तन गर्न आग्रह गरेका हुन् ।

राष्ट्रसंघका महासचिव तथा क्यानडा र जमैकाका प्रधानमन्त्रीहरूद्वारा आयोजित सो संवादमा प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्ध विकास भइरहेका खोपको वैज्ञानिकताका लागि परीक्षण हुनुपर्ने उल्लेख गर्दै त्यस्ता खोप धान्न सकिने हुनुपर्नेमा पनि जोड दिए । उनले कोरोना महामारीको भयावहतालाई ध्यान दिएर यस अग्निपरीक्षाबाट पार पाउन सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए ।

‘महामारीको सन्त्रासको अवस्थामा हामीले कसैलाई पनि अलग नगरीकन आपसमा मिलेर उचित रोकथाम गरी पुनःस्थापना र पुनःनिर्माणको सुनिश्चितता गर्नुपर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘यो हाम्रा बहुपक्षीय संस्था र प्रक्रियालाई सबल बनाउने समय हो ।’

सम्बन्धित समाचार

चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका...

१५ वर्षीया बालिकाको पथरीको लामाटोलीमा हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...

पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...

१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोना

जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

लेकाली समुदायमा न दसैँ आउँछ, न तिहार

विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै । त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय...

सुनवर्षी मेयर कप क्रिकेटः कर्मचारी टिमको शादानर जित

विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्