चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 न्यूज विराट
चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।

घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन् । तीमध्ये एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । स्थानीय होटल व्यवसायीले बन्दाबन्दीको समयमा आएका पर्यटकलाई बिहीबार प्रहरीको जिम्मा लगाएका थिए ।

पी ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (पुरुष) र जी ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।

सन् २०२० मार्च १० तारिखका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हुँदै घोडेपानी आइपुगेका हुन् । घोडेपानीबाट उनीहरुलाई भुरुङ तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । एकान्तवासमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परीक्षण गरेर चिनियाँ राजदूतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यसअघि लकडाउनकै अवधिमा अन्नपूर्ण गाउँपालिका–१ बेगमा दुई चिनियाँ र बेनी नगरपालिका–६ गुफाबाट एक दक्षिण कोरियाका पर्यटकको उद्धार गरिएको थियो । रासस

सम्बन्धित समाचार

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

काठमाडौं, ११ वैशाख-मध्यरातमा भएको सहमतिअनुसार निर्वाचन तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । बिहिबार दल दर्ता १३८८ मा दर्ता गरिएको हो ।  अहिलेलाई नयाँ दलको...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १ असोर ।ओखलढुङगा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी...

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष...

आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल–...

उद्योगीक प्रायोजनका लागि प्लास्टिक आयात खुला

काठमाडौँ, २५ असोज । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य कच्चा पदार्थ आयात बन्द गरेको महिनापछि औद्योगिक प्रयोजनका लागि भन्दै अर्को निर्णय गरेको छ । गत भदौ २८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो...

प्रदेश १ मा लकडाउनको मोडालिटी परिवर्तन हुने

प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको  छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्