पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या एक सय २९ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका हुन् ।

प्रदेश १ मा थप चार सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा एक सय ९५, सुनसरीमा १एक सय ७०, झापामा ७२, संखुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा एक सय २४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३÷१३, बेलबारी र जहदामा नौ÷नौ, लेटाङमा आठ, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा एक÷एक र स्थानीय तह नखुलेका तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको धरानमा एक सय नौ, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा नौ, देवानगञ्ज र दुहवीमा दुई÷दुई, बराहक्षेत्र र गढीमा एक÷एक र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा सात÷सात, मेचीनगरमा छ, कमल गाउँपालिकमा चार, अर्जुनधारामा तीन, शिवसताक्षीमा दुई, गौरादह र हल्दिबारीमा एक÷एक र स्थानीय तह नखुलेका पाँच, संखुवासभाको मकालुमा आठ, खाँदबारीमा तीन, चैनपुरमा दुई, सभापोखरी र स्थानीय तह नखुलेका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

इलामको इलाममा छ, चुलाचुलीमा तीन, खोटाङको खोटेहाङ र साकेलामा एक÷एक र स्थानीय तह नखुलेका दुई, भोजपुरको षडानन्दमा एक जनाको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार एक सय ८३ पुगेको छ ।

प्रदेश १ मा शनिबार एक हजार चार सय ५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ९९ महिला र दुई सय ८२ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ मा हालसम्म एक लाख ४५ हजार तीन सुय ८३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जुवाडे एमाले नेता माझीसहित ९ जना धरौटीमा रिहा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडे जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउ गरेका माझीसहित ९ जना जुवाडेलाई शुक्रबार जनही ३० हजार रुपैयाँ धरौटीमा...

डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

एजेन्सी, जेठ ६-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

छठ पर्वः आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं, ५ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

प्रेस सेन्टर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो...

विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ बिमोचन

विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित...

मनाङमा हुनेभयो बलिउड चलचित्रको सुटिङ, निर्माता निर्देशकले गरे अनुगमन

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र 'उचाई'को छायाङ्कन गरिने भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्