ब्राजिल भ्रमण गरेकालाई अमेरिका जान प्रतिबन्ध

 न्यूज विराट
ब्राजिल भ्रमण गरेकालाई अमेरिका जान प्रतिबन्ध

एजेन्सी, जेठ १२-अमेरिकाले पछिल्लो १४ दिनमा ब्राजील गएकालाई अमेरिका जान प्रतिबन्ध लगाएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजील हाल कोरोना भाइरसको संक्रमणमा अमेरिका पछि दोस्रो हटस्पट बनेको छ ।

ब्राजीलमा कोेरोना संक्रमितको संख्या ३ लाख ६३ हजारभन्दा बढी रहेको छ भने २२ हजार ७१६ जनाको मृत्यु भइसकेको छ । व्हाइट हाउसका प्रवक्ताले यो प्रतिबन्धको उद्देश्य अमेरिकामा कोही पनि संक्रमित बाहिरबाट नआउन भन्ने रहेको बताएका छन् ।

व्हाइट हाउसका प्रेस सेक्रेटरी केली म्याकेनीले भनिन्, ‘प्रतिबन्धको निर्णय ब्राजीलमा रहेका कोही पनि अमेरिकाका लागि संक्रमणको अतिरिक्त स्रोत नबनुन् भन्ने हो ।’

अब पछिल्लो दुई सातामा ब्राजील गएका कुनै पनि गैर अमेरिकी नागरिकले अमेरिकामा प्रवेश गर्न पाउने छैनन् । यसले दुवै देशको व्यापारमा कुनै समस्या नहुने समेत बताइएको छ । यो प्रतिबन्ध २८ मेदेखि लागू हुनेछ ।

यद्यपि अमेरिकी नागरिकको हकमा यो प्रतिबन्ध लागू हुनेछैन । आगामी दिनमा अन्य देशका हकमा समेत लागू गर्न सक्नेछ । यसअघि अमेरिकाले चीन, इरान, युरोपेली देश, बेलायत र आयरल्यान्डका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको थियो । क्यानडा र अमेरिकाबीच यसअघि नै अनावश्यक यात्रामाथि प्रतिबन्ध लगाउने सहमति रहेको छ ।

ब्राजील कोरोना भाइरस संक्रमितको संख्यामा रुसलाई समेत पछि पारेर अमेरिकापछि दोस्रो नम्बरमा पुगेको हो । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ८६ हजारभन्दा बढी रहेको छ भने करिब १ लाखको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज

काठमाडौं, १ वैशाख-देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले...

महानगरस्तरीय कबडी प्रतियोगिता सुरू

विराटनगर । महानगरस्तरीय कबडी प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर...

पत्रकार पोखरेल सम्मानित

विराटनगर । प्रेस युनियन मोरङका सचिव तथा नेपाल पत्रकार महासंघ मोरङका जिल्ला कार्यसमिति सदस्य गोपाल पोखरेल सम्मानित भएका छन् । लिवर्टी नेपालको सातौं वार्षीक सधारणसभा तथा दशैंको सुभकामना आदानप्रदान कार्यक्रमका पोखरेले सम्मानित भएका हुन् ।सम्मानित...

अभिमुखीकरण तालिम प्रदायक संस्थालाई नवीकरण गर्न विभागले गर्‍याे सूचना 

काठमाडाैं, ३२ जेठ-वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नवीकरण प्रक्रिया सुरु गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ ।  सरकारले वैदेशिक रोजगार नियमावली संशाेधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद...

झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना...

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको अडिसन विराटनगरमा शनिबार हुने भएको छ ।बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । प्रतियोगितामा...

नेपाललाई नयाँ पार्टी खोल्न सुझाउँदै बिजुक्छेले भने – गठबन्धनलाई सरकारको विरोध गर्ने अधिकार छैन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्