रोजगारी गुमाएकालाई सरकारले आयस्रोतको बाटो उपलब्ध गराउँछ : प्रधानमन्त्री ओली

 न्यूज विराट
रोजगारी गुमाएकालाई सरकारले आयस्रोतको बाटो उपलब्ध गराउँछ : प्रधानमन्त्री ओली

काठमाडाैं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका परिवारलाई राहतका प्याकेज देखाउने कुरा होइन भन्दै त्यो रहरको विषय पनि नभएको बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरूको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले करोडौँ मानिस रोजगारविहीन, आम्दानीबाट वञ्चित हुने गम्भीर स्थिति आएको बताए । उनीहरूको व्यवस्था गर्ने सरकारले विभिन्न किसिमका योजना बनाइराखेको संसदमा जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले बेरोजगार भएका, रोजगारी गुमेकाहरूलाई सम्भव भएसम्म रोजगारीका अवसरहरू उपलब्ध गराउनुपर्ने बताएका छन् । त्यस्ता व्यक्तिको कमाइबाट आम्दानी सुनिश्चित गर्ने नै दिगो बाटो हुने बताए । यसले देशको अर्थतन्त्रलाई कमजोर हुन पनि नदिने भएका कारण सरकार त्यही बाटोमा जान खोजिरहेको प्रधानमन्त्री ओलीले बताए ।

उनले नेपालको कृषिक्षेत्रमा तथा अरु क्षेत्रमा उत्पादन कसरी बढाउने, उपभोग्य वस्तुको उपलब्धता कसरी बढाउने भनेर सरकार प्रयासरत रहेको बताए । उनले दाल, चामल, नुनजस्ता कुरा बाँच्नका लागि नभई नहुने भन्दै ती न्यूनतम कुरा कसरी उपलब्ध गराउने भनेर गम्भीर हुन जरुरी रहेको बताए ।

सम्बन्धित समाचार

भोलि संविधान संशोधन विधेयक पारित गर्ने तयारी, सबै दल संशोधनको पक्षमा

काठमाडौं, ३० जेठ-भोलि संसदमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुनेछ । उक्त प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्वाहाङफेले प्रस्तुत गर्ने छन् । त्यसअघि उक्त विधेयकमाथि...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

नयाँदिल्ली १८ पुस-भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न...

६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो...

अब लकडाउनकै माझ चल्नेछन् यी सवारी साधन

काठमाडाैं, २६ वैशाख-सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेका छन् उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका...

पुर्शराम बस्नेत प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा पुनर्बहाली

विराटनगर । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले सोमबार उनलाई बखास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएपछि बस्नेत खेलकुद बोर्डको सदस्य सचिवमा...

‘दिल तोड़नी छे तुँ….’ गीतको म्युजिक भिडियो सार्वजानिक

विराटनगर । मैथिली अनलाइनको प्रस्तुति तथा मोरङका तीन जना सक्रिय पत्रकारहरुको भुमिका रहेको बहुचर्चित मैथिली गीत ‘दिल तोड़नी छे तुँ…’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । मैथिली अनलाइनको यूट्युब च्यानलबाट १ जनवरी २०२३ को...

धरानबाट उडेको प्याराग्लाडीङ दुर्घटना

विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्