६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण - News Birat

६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण

न्यूज विराट

काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये २ सय ३३ जना काठमाडौं उपत्यकाका हुन् ।

योसहित कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ४ सय ९५ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म देशभर २ लाख ५६ हजार १ सय ६१ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार हाल देशभर ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन् । बुधबार ६ जना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles