राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

 न्यूज विराट
राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत  माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ । उनका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ ।

निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन् गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।

१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

 

सम्बन्धित समाचार

प्रदेशले २ साताअघि घोषणा गरेको राहत जनकपुरधामबासीले अझै पाएनन्

जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश  सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् ।...

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज २ बजे , सानो मन्त्रिमण्डल गठन गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) दुई बजे शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ। आइतबार...

गुल्मीमा पनि देखियो कोरोना

बुटवल, ५ जेठ-प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सवा ४ गरेको पत्रकार सम्मेलनमा गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

सुन्दरहरैचामा गाँजा सहित सिटी सफारी चालक पक्राउ

विराटनगर, २५ साउन । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७० संक्रमित थपिए

विराटनगर, ४ कात्तिक–प्रदेश १ मा आज आठ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा चार सय ४९, मोरङमा तीन सय ३७, झापामा ३८, इलाममा...

जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमण

जनकपुर, १३ वैशाख-उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित एक मस्जिदमा रहेका भारतीयको कोरोना परिक्षण गरिएको छ । कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप...

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं, २३ माघ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १...

कोभिड-१९ विशेष कार्यक्रम गर्न प्रदेश ५ काे ५१ करोड बजेट

बुटवल, १ जेठ-कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश ५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका १ सय ९ वटै स्थानीय तहमा लागू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्