‘दिल तोड़नी छे तुँ….’ गीतको म्युजिक भिडियो सार्वजानिक

 न्यूज विराट
‘दिल तोड़नी छे तुँ….’ गीतको म्युजिक भिडियो सार्वजानिक

विराटनगर । मैथिली अनलाइनको प्रस्तुति तथा मोरङका तीन जना सक्रिय पत्रकारहरुको भुमिका रहेको बहुचर्चित मैथिली गीत ‘दिल तोड़नी छे तुँ…’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

मैथिली अनलाइनको यूट्युब च्यानलबाट १ जनवरी २०२३ को साईत पारेर गएराति यो गीतको म्यूजिक भिडियो सार्वजानिक गरेको हो । गीत सार्वजनिक भएसंगै दर्शक तथा श्रोताबाट गीतले प्रशंसा बटुल्न थालेको छ । संगित,गायन,अभिनय र प्रस्तुतिको बेजोड संगम रहेको यस म्यूजिक भिडियोले आम मैथिली भाषि दर्शकको मन जित्दै गएको छ ।

बिगतमा रोमान्टिक गीतहरुमा अभिनय गर्दै आएका पत्रकार समेत रहेका यस गीतका नायक विरेन्द्र साह यस पटक भने बियोगान्तक भुमिकामा देखिएका छन् । उहाँको यो भुमिकालाई दर्शकले मन पराई रहेका छन । यस्तै अर्का चर्चित पत्रकार सोनु कुमार दास यस गीतमा रोमान्स गर्दै देखिएका छन ।

पहिलो पटक म्यूजिक भिडियोमा पदार्पण गरेका उहाँको लुक्स र अभिनयलाई समेत दर्शकले अत्यधिक रुचाएका छन । गीतको केन्द्रीय भुमिकामा रहेकी नायिका काजल कर्णको अभिनय र प्रतिभा समेत यस गीतमा निखारिएर आएको छ ।

यस गीतको लेखन,निर्देशन र परिकल्पनाकार मोरङकै अर्का सक्रिय पत्रकार नवीन कर्ण हुन । कर्ण लामो समय देखी मैथिली भाषा साहित्यको क्षेत्रमा समेत काम गर्दै आउनु भएको छ ।

यस गीतको सिनेमाटोग्राफरमा कात्तिक राजवंशी,क्यामरामा धिरेन साह, मेकअपमा कृष्ण सुवेदी रहनुभएको छ भने दृष्य सम्पादन पवन सहनीले गर्नु भएको छ । सुरेश कुमारको संगित रहेको यस गीतमा मिथिला पुत्र भागवत मण्डलले स्वर दिनुभएको छ ।

सम्बन्धित समाचार

‘विराट एक्स्पो’ २०७६ को तयारी सुरु

विराटनगर, माघ २३–उद्योग संगठन मोरङको आयोजना र नोवेल मेडिकल कलेजको मुख्य प्रायोजनमा विराटनगरमा कृषि, औद्योगिक तथा व्यापार एक्स्पो २०७६ को आयोजना हुने भएको छ । २ फागुनदेखि ९ दिनसम्म आयोजना हुने उक्त महोत्सव विराटनगर– २,...

पशुपति गौशाला भत्काउन दिदैनौं : शंकरचार्य हेमानन्त गिरी

विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...

वीरेन्द्रनगरमा पाहुना प्रवेशमा रोक

वीरेन्द्रनगर, ४ बैशाख-सुर्खेतको वीरेन्द्रनगरमा बन्दाबन्दी (लकडाउन) अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइने भएको छ ।नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिइने भएको...

विद्युतको पोलबाट ढलेर मजदुरको मृत्यु

डडेल्धुरा, ४ असार-कञ्चनपुरमा विद्युतको पोलबाट लडेर १ मजदुरको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० मा विद्युत् विस्तारका क्रममा पोलबाट लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-९ का २५ वर्षीय रोहित लुहार रहेका...

झापामा पीसीआर प्रयोगशाला

झापा, २१ साउन-मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । संघीय सांसद पवित्रा खरेल र प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा सो प्रयोगशालाको उद्घाटन गरे...

‘कालापानीसँगै भारतले मिचेका सबै भूमि फिर्ता ल्याउन पहल गरियाेस्’ 

काठमाडाैं, १२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरूले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरू स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतले अतिक्रमण...

मेशिन थपेर कोरोनाको नमूना परीक्षणको क्षमता दोब्बर बनाइँदै

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...

राजमार्गमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्