शनिबार कोरोना पुष्टि भएका दुवै नेपाली सेना

 न्यूज विराट
शनिबार कोरोना पुष्टि भएका दुवै नेपाली सेना

काठमाडौं, ३ जेठ-निबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भने पुष्टि गरेका २ जना नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । उनीहरू १ जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् । उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनीहरूलाई काठमाडौंमा रहेको सशस्त्र प्रहरीको कोभिड-१९ अस्पतालमा ल्याउने तयारी सुरु गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

‘मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत २ जनामा संक्रमण पुष्टि भएको छ’ उनले भने ‘उहाँहरूलाई एपीएफको अस्पतालमा ल्याउन प्रकिया सुरु गरिएको छ ।’ साथै उनीहरूको कन्ट्रयाक ट्रेसिङको काम पनि सुरु गरिएको प्रवक्ता पाण्ड‍ेले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । जसमा अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

स्थानीय चुनाव : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...

मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको...

वडा स्तरीय नकाउट फुटबल, विराटनगर ११ र १२ फाइनलमा भिड्दै

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर १६ नम्बर वडालाई २–० गोलले हराउँदै विराटनगर १२ फाइनलमा पुगेको हो...

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

सैनिक मुख्यालयमा सुरक्षा प्रमुखको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...

५२.४१ अंकले घट्यो नेप्से, अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं, २ असार । नेप्से परिसूचक आज ५२.४१ अंकले घटेका छ । ५१ कम्पनी जोखिमस्तरमा रहेको आशयसहितको हिजोको धितोपत्र बोर्डको विज्ञप्तिको असर आजको सेयर बजारमा परेको छ । आज ७६ अंकसम्मको गिरावट आएर अन्त्यमा २९६९.७०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्