नेकपा नेता सरदारद्धारा दैनक मजदुरी गर्ने डेढ सय परिवारलाई खाद्यान्न वितरण

 न्यूज विराट
नेकपा नेता सरदारद्धारा दैनक मजदुरी गर्ने डेढ सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, चैत १४–गत चैत ११ देखि सुरु भएको ‘लक डाउन’ का कारण जिवन यापनमा समस्या भएपछी नेपाल कम्युनिष्ष्ट पार्टी (नेकपा) मोरङका सदस्य सुभाषकुमार सरदारले मोरङको कटहरी गाउँपालिकामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्ने विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

नेकपा मोरङका सदस्य तथा कटहरी गाउँपालिकाका सह–इन्चार्ज एवम स्थानीय समाजसेवी समेत रहेका नेता सरदारले स्थानीय उत्सव इट्टा उद्योगका सञ्चालक देवेन्द्रकुमार गुप्ताको सहयोगमा दैनिक ज्यालादारी मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका दलित परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

उनले ‘लक डाउन’ का कारण कठिनाई उत्पन्न भएपछी कटहरी गाउँपालिका–६ स्थित थलाहामा १ सय ५० विपन्न दलित परिवारलाई चालम, दाल, तरकारी, तेल, नुन लगायतका अति अवश्यकीय खाद्यन्न वितरण गरेका हुन् ।

उनले उत्सव इटा उद्योगका व्यवस्थापक पदम बस्नेतसमेतको उपस्थितीमा कोरोना भाइरसका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै डेढसय परिवारको घर घरमै पुगेर २ हजार ५ सय केजी चामल, १ सय ५० पोका नुन, १ सय ५० लिटर तेल, १ सय ५० केजी दाल र ३ सय केजी तरकारी वितरण गरेका हुन् ।

‘यतिबेला कोरोना भाइरसका कारण देशनै ठप्प गरिएको छ । यहि अवस्थामा दिनहुँ जन मजदुरी गरेर खाने परिवारलाई समस्या पर्दै गएको छ । यस ठाउँमा धेरै जसो दिनभरी काम गरेर बेलुका परिवार चलाउने छन् ।’ उनले भने ,‘त्यसैले भोक भोकै बस्नुपर्ने अवस्था नआओस भनेर थोरै भएपनि राहत वितरण गरेका हौँ।’

नेता सरदारले ‘लक डाउन’ का कारण दैनिक मजदुरी गर्ने परिवारको जिवन यापनमा समस्य उत्पन्न हुन थालेकाले त्यस्ता परिवारलाई घरमै पुगेर ३ लाख रुपैयाँ बराबरको खाद्यान्न राहत स्वरुप वितरण गरिएको जानकारी एि । उनले ‘लक डाउन’ को अहिलेको अवस्थामा अन्य कुनै विकल्प नरहेकाले त्यस्ता परिवारलाई सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरेका छन् ।

दलित समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाको उक्त वडाका अधिकांश विराटनगर महानगरपालिका दैनिक मदजुरीका लागि जाने गरेका छन् ।

सवै तिर बन्द भएपछी उनिहरुलाई जिवनयापनमा समस्या पर्दै गएको छ । नेपाल कम्युष्टि पार्टी मोरङले २ दिन अघि ‘लक डाउन’ का कारण विभिन्न समस्यामा परेकाहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग र उद्धार गर्न जिल्लभरीका नेता कार्यकर्ताहरुलाई अपिल गरेको थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्