विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ । सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख ९९ हजार रुपैयाँ शेयर पूँजी पुगेको अध्यक्ष नगेन्द्र प्रसाद ढकालले जानकारी गराएका हुन् । अध्यक्ष ढकालका अनुसार सहकारीको बचत निक्षेप १ करोड ६७ लाख ५३ हजार ८४२ रुपैयाँ, कोष हिसाब ११ लाख ८८ हजार २१ रुपैयाँ पुगेको छ । त्यसैगरी सहकारीले धितो जमानी कर्जामा ८ लाख ८१ हजार १५५ रुपैयाँ, बचत तथा शेयर अनुपातको कर्जा २ करोड ४९ लाख ६८ हजार ८३ रुपैयाँ गरि जम्मा आर्थिक वर्ष २०८०÷०८१ मा २ करोड ५७ लाख ८८ हजार ३८ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले ऋण असुली १ करोड १२ लाख २९ हजार रुपैयाँ गरेको छ । निजी विद्यालयहरु आवद्ध रहेको सहकारीले प्रत्येक वर्ष एसबीएससी सिंगीन स्टार र एसबीएससी चित्रकला प्रतियोगिता गर्दै आएको छ । साधरणसभाका प्याब्सनको केन्द्रीय प्रागिक समितिका सल्लाहकार . उद्धव पोखरेल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष अर्जुन श्रेष्ठ, एसबीएसी मोरङका पूर्व अध्यक्षहरु इन्द्र राई, विष्णु डंगोल, मोहन बुढाथोकीलगायतको उपस्थिती रहेको थियो । २०६७ सालमा स्थापना भएको सहकारी एकता, सहकार्य र समझदारी, निजी स्कुलहरुको साझा चौतारी भन्ने मुल नाराका साथका साथ स्थापना भएको सहकारी हो ।
सिरहा, २४ असार-डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका २ जना पूर्वजिल्ला संयोजकसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै...
धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् । एमालेका योगकुमार यादवलाई पराजित गर्दै कांग्रेसका बालेश्वर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित कांग्रेका बालेश्वरले ४ हजार ७१८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका यादवले...
काठमाडौँ, ९ मङ्सिर-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।...
विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...
जनकपुर, १९ असार-धनुषामा ३ दिनदेखि बेपत्ता ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीयले बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् । विनोद पंजियारकी छोरी कञ्चन कुमारी पंजियारको शव जनकपुरधाम उपमहानगरपालिका-...
काठमाडाैं, २० साउन-नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप ३४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पर्साका ३०, बाराका २, सर्लाही र सुर्खेतका १–१ जनालाई कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका...
सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी,...
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रमबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए । प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार...