काठमाडौं, २ वैशाख-सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानिय र केन्द्र सरकारले राहतको कार्यक्रम ल्याउन बताएकी छन् ।
सबै नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहभागिता गराउन नयाँ ढाँचा निधारण गरिएको राष्ट्रपति भण्डारीले बताइन् । कृषि, रोजगार र सामाजिक सुरक्षा कोषमा नेपाल नागारिकको सहभागिता बढाउन विषेश योजना सरकारले बनाइरहेको कार्यक्रमा घोषण गरिएको छ ।
कोरोना भाइरसका कारण वैदेशिक रोजगारी गुमाएका कामदारलाई देशभित्र व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । कोरोनाका कारण रोजगारी गुमाएका कामदारलाई देशभित्र विषेश योजना ल्याएर तत्काल समस्या समाधान गर्ने गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।
राष्ट्रपति भण्डारीले कृषिमा दोब्बर लगानी बढाउन सरकारको योजना रहेको बताइन । रोजगार सिर्जनाका लागि सरकारले तीब्र गतिमा काम गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । कृषिमा उत्पादन बढाउन र कृषकका लागि विषेश कार्यक्रम सरकारले ल्याउन नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।