राशिफल

आज विराटनगरमा १०७ सहित प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

 न्यूज विराट
आज विराटनगरमा १०७ सहित प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, १७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, संखुवासभा र पाँचथरमा ३–३, इलाम र भोजपुरमा २–२, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, कटहरी र सुन्दरहरैचामा ६–६, जहदामा ४, बुढीगंगा र कानेपोखरीमा ३–३, रतुवामाई र मिक्लाजुङमा २–२, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा ८, अर्जुनधारामा ७, गौरादहमा ६, मेचीनगरमा ५, शिवसताक्षी, हल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाहृदशीमा २, कचनकवलमा १, सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा ४, बर्जुमा ३, इनरुवा र बराहक्षेत्रमा २–२, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा २, छथरजोपाटीमा १, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको हतुवागढीमा २, तेहृथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८२ महिला र ४६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र १ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ७१७ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...