लोक सेवाले माग्यो २८४ शाखा अधिकृत - News Birat

लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

न्यूज विराट

काठमाडौं, २९ मंसिर । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको छ ।

बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो ।
आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र समावेशी गरी जम्मा २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

२० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ । साथै आवेदन अनलाइन मार्फत पनि दिन सकिने छ ।

शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles