पहिचानवादीको विराटनगरमा शान्तिपूर्ण आन्दोलन

 न्यूज विराट
पहिचानवादीको विराटनगरमा शान्तिपूर्ण आन्दोलन

विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले विराटनगरमा आज शान्तिपूर्ण आन्दोलन गरेका छन् ।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।
उनीहरुले विराटनगरको बिजुली अपिस अगाडी भेला भएर निस्किएको प्रर्दशन डिएसपी रोड हुँदै जिल्ला प्रशासन कार्यालयबाट वीरेन्द्र सभा गृह अगाडी कोणसभा आयोजना गरेका थिए । उनीहरुले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने चेतावनी दिए । प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको बताउँदै त्यसलाई रोक्न खोजिएको बताए । उनीहरुले पहिचानसहितको नामकरण नगरे जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने चेतवीन दिएका छन् ।

यसअघिको विराटनगरमा भएको आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुने गरेको थियो । आइतबार आन्दोलनको क्रममा पक्राउ परेका पहिचानवादी २७ नेता तथा कार्याकताहरुलाई मंगलबार साझ रिहा भएका थिए । रिहा हुनु अगाडी पहिचानवादी र स्थानीय प्रशासनबीच आगमी दिनको आन्दोलन शान्तिपूर्ण गरिने सहमति भएको थियो । सोही अनुसार बुधबारको आन्दोलन शान्तिपूर्ण भएको हो ।

सम्बन्धित समाचार

ऋचा मेमोरियल टी–२० क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब...

२४ घण्टाको अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, १६ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकै दिन ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका ३ जनाको गण्डक अस्थायी कोरोना अस्पताल र १ जनाको पाटन अस्पताल...

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपा १२५ नेताद्वारा हस्ताक्षर

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जना भन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन...

अत्याधुनिक भवनबाट न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा, १.५ टेस्लाको एमआरआई सुचारु

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको...

कोरोनाबाट बिरामीको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा 

पाल्पा, जेठ २३-पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेसन कक्षमा रहेका १ व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । २० जेठमा पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय १ व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना...

नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...

संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र...

भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा बिहीबार ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा भव्य निकालिएको हो । खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्