उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

 न्यूज विराट
उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् ।

बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिए ।

सम्बन्धित समाचार

डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी...

प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै

जनकपुर, १८ वैशाख-मिथिला बमकाण्डमा मारिएका शहिदको स्मरणमा जनकपुरसहित प्रदेश–२ को विभिन्न स्थानमा आज बलिदानी दिवस मनाइँदै छ । बलिदानी दिवसको अवसरमा मिथिला राज्य स्थापनाको माग गरिएको छ । मिथिला राज्यको माग गर्दै १८ वैशाख २०६५...

नेकपा सचिवालय बैठक मंगलवार बस्दै

काठमाडौं, १५ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको माथापच्ची चर्किरहेका बेला यसलाई समाधान गर्न भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ । केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

रतुवामाईले स्थापना गर्‍यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’

विराटनगर, १३ चैत-मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो । रतुवामाई नगरपालिकाका...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी-पहिरोको जोखिम उच्च

काठमाडौँ, ७ भदौ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि...

राधाकृष्ण रथयात्रा यसवर्ष पनि सामान्यरुपमा निकालिने

विराटनगर, १५ साउन । पछिललो समय विराटनगरमा फेरी कोरोना संक्रमण बढ्दै गएपछि यस वर्ष पनि राधाकृष्ण रथयात्रा सामान्यरुपमा निकालिने भएको छ । कोरोना संक्रमण फैलिने जोखिमका कारण विगत जस्तो तामझामसहित रथयात्रा ननिकालिने भएको हो ।...

काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...

माछा पोखरीमा डुबेर १ जनाको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ वर्षीय जीवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो आफ्नै घर नजिक रहेको माछा पोखरीमा उनी मृत फेला परेका हुन् । पोखरीमा डुबेर मृत अवस्थामा निजका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्