भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स

 न्यूज विराट
भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स

काठमाडौं, ३१ वैशाख-भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ । उनी ललितपुरकाे १ निजी अस्पतालमा काम गर्थिन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती टेकु अस्पताल भर्ना भएकी छिन् ।

संक्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाकामा साथीसँग बस्दै आएकी थिइन् । उनकाे स्थायी घर भने सुनसरीको रामधुनी नगरपालिका झुम्का रहेको बुझिएको छ ।

अहिले उनका साथीलाई समेत निगरानीमा राखेर परीक्षणको तयारी गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।  मंगलबार नै संक्रमण पुष्टि भएका भक्तपुरका अर्का संक्रमित २७ वर्षीय पुरुष चाागुनारायण दुवाकोटका रहेको पाइएको छ ।

दुवै संक्रमितको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरू भएको र थप विवरण आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले जानकारी दिए ।

मंगलबार भक्तपुरका २ र काठमाडौंमा १ गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ । जसमध्ये ३४ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

मोरङ पब्लिक स्कूलको १८ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, फागुन १६–मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरेका...

ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको प्रथम विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रथम भएको...

औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीहरुको माग

विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने ,...

तिब्बत सरकारबाट सात करोड भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

विराटनगर, जेठ २०–कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणमा तिब्बत सरकारबाट सहयोगमा स्वास्थ्य सामग्री आज यहाँ प्राप्त भएको छ । सो सामग्री चीन नेपाल कार्यकारी परिषद् प्रदेश नं.१ का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई एक...

कोशी अस्पतालमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु

विराटनगर, साउन २९–विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको राती ८ बजे मृत्यु भएको हो । निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका...

मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्