
यो वृद्धिसँगै नेपालमा कोरोना पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख आठ हजार नाघेको छ ।हाm पुष्टि भएका ३६ हजार ४ सय ५२ जना सक्रिय सङ्क्रमित छन् । सरकारी तथ्याङ्कअनुसार शनिबारसम्म नेपालमा १ हजार २ सय १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
२४ घण्टाको अवधिमा थप २ हजार ५ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितहरू निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।