गहुँ खरिद प्रक्रिया सुरू

 न्यूज विराट
गहुँ खरिद प्रक्रिया सुरू

काठमाडौं, २९ वैशाख-नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि ३ हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू गरेको हो । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ तोकेको छ ।

सो कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले सरकारले तोकेको समर्थन मूल्यका आधारमा कम्पनीले गहुँ खरिद कार्य सुरू गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष धनगढीको टीकापुर, बर्दियाको राजापुर, रुपन्द्रहीको भैरहवा र बाँकेको नेपालगञ्जबाट गहुँ खरिद गरिने योजना रहेकामा हाल टीकापुर र राजापुरमा खरिद गर्न सुरू भइसकेको छ ।

यस वर्षको योजनाअनुसार टीकापुर र राजापुरबाट १/१ हजार मेट्रिक टन र भैरहवा र नेपालगञ्जबाट ५/५ सय मेट्रिक टन गहुँ खरिद गर्नेगरी प्रक्रिया सुरू भएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

उनले टीकापुर र राजापुरमा गरी अहिलेसम्म ३ सय ९१ मेट्रिक टन गहुँ खरिद गरिसके पनि भैरहवा र नेपालगञ्जमा कोरोना सङ्क्रमणको बढी त्रास भएकाले केही दिनपछि मात्रै खरिद सुरू गरिने जानकारी दिए । सो कम्पनीले यस वर्ष गहुँ खरिदका लागि ९ करोड ५ लाख रुपैयाँ रकम छुट्याएको छ ।

हाल गहुँ खरिदका लागि कम्पनीले तोकिएका स्थानबाट घटीबढी खरिद हुनसक्छ तर लक्ष्यअनुरूप खरिद नहुन्जेलसम्म निरन्तरता हुने कम्पनीका सूचना अधिकारी सुवेदीले बताए । यसअघि कम्पनीले २ लाख मेट्रिक टनभन्दा बढी धान खरिद गरिसकेको जनाएको छ ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलमा ‘ह्यापीनेश करिकुलम’

विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम...

नक्कली सुन र २ थान पेस्तोल फालेर फरार गाडी भेटियो 

काठमाडौं, १५ साउन-काठमाडौंको कमलादीमा आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर भागेको गाडी प्रहरीले फेला परेको छ ।प्रहरीले खोजतलास गर्दा घटनामा प्रयोग भएको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नखिपोटमा...

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

विराट गोल्डकप फागुन १९ गतेबाट, यस्ता छन् गोल्डकप खेल्ने १० टिम

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रिकलीन फुटबल प्रतियोगिता...

प्रदेश १ मा र्यापिड डाइग्नोष्टिक टेस्ट सुरु

विराटनगर, चैत २९–प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक परिक्षण पनि सुुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३...

सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...

आइटिएफ तेक्वान्दोका महासचिव थापा अमेरिका प्रस्थान

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) का महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान गरेका छन। युस आईटीएफको निमन्त्रणा मा २०२३ डिसेम्बर ९, सयुक्त राज्य अमेरिकाको फ्लोरिडा शहरमा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी...

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन|प्रदेश १ को राजधानी विराटनगरमा शंकास्पद व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन कार्य रोकिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्