सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो
बिहिबार, १२ माघ, २०७९,
न्यूज विराट
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् ।
स्कुलमा चार वटा अक्षय कोष रहेको छ । सरस्वती पूजाको अवसर पारेर बिहीबार दाताहरूले अक्षयकोषमा रकम थपेर कोष बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीले जानकारी दिए । विद्यालयका पूर्व विद्यार्थी सुरेन्द्र दियालीले स्वर्गीय भएका वावुको नाममा स्थापना गरिएको कोषमा ६१ हजार १ सय ११ रुपैयाँ थप गरिदिएका छन् । स्वर्गीय हर्क बहादुर दियाली अक्षयकोष सुरुमा ५० हजार रुपैयाँको थियो । अहिले थप गरेर यो कोष १ लाख ११ हजार १ सय ११ रुपैयाँ बनाएको छ ।
यसअघि कालुसिंह, आइतरानी, बुधराज, धनबहादुर सावा अक्षयकोष १ लाख १ हजार, चन्द्र जोगमाया, संगीता पुरी अक्षयकोष ५१ हजार १ सय ५ रुपैयाँ र स्वर्गीय पदम बहादुर साम्बा लिम्बु अक्षयकोष ५० हजार रुपैयाँको रहेको छ । विद्यालयमा स्थापना भएको चार वटा अक्षयकोषको रकम ३ लाख १३ हजार २१६ रुपैयाँ भएको छ ।
बिहीबार ढाका बहादुर पुरीले स्वर्गीय छोरी संगीता पुरीको सम्झनामा १ हजार १ सयको विपन्न जेहन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । स्कुलमा स्थापना गरिएको अक्षयकोषबाट जेहन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिदै आएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुलको उत्कृष्ट शिक्षक लक्ष्मी मोक्तानलाई सम्मान गरियो । अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
काठमाडौं, १३ वैशाख-गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी...
विराटनगर , १७ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाई सभापतिमा निर्वाचित भएका हुन ।...
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा सचिवालय...
सीपी लोहिया, न्युज कारखाना । बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थ वर्करहरूले २६ महिनासम्मको तलब पाएका छैनन । बिभिन्न चरणमा भएको सहमति कार्यान्वयन नहुँदा ती मजदुरले तलव नपाएका हुन । २३ महिनासम्मको तलब नपाएको भन्दै गत...
विराटनगर । बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी व्यवयासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त...
विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडे जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउ गरेका माझीसहित ९ जना जुवाडेलाई शुक्रबार जनही ३० हजार रुपैयाँ धरौटीमा...
विराटनगर । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनको लागि परामदेश दिएको छ ।मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई...