बत्तीस सय तिरेर महाकाली तरेका बीच बाटामै अलपत्र

 न्यूज विराट
बत्तीस सय तिरेर महाकाली तरेका बीच बाटामै अलपत्र

बैतडी, २८ वैशाख-दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् ।

अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् ।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए ।

‘गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौं, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ,’ उनले भने, ‘खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ ।’

पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरु आजससम्म पनि भोकै रहेका छन् । कमाएको पैसा सबै सकिएपछि भोकै रातदिन काट्नुपरेको सागरको भनाइ छ ।

उद्धारका लागि प्रशासन र सम्बन्धित पालिकालाई गुहार्दासमेत केही पहल नभएको उनीहरुको गुनासो छ । स्थानीय प्रशासनसँग घरसम्म पु¥याउन भनेको भए पनि आफ्नै पैसाले जाने भएपछि मात्रै पु¥याउन सकिने नत्र जहाँ हुनुहुन्छ त्यही बस्न भनेको दैलेखका जनक देवकोटाले बताए ।

तीन महिनाअघि रोजगारीका लागि पिथौरागढ पुगेका उनीहरु डेढ महिनादेखि लकडाउन हुँदा समस्या भएपछि नेपाल फर्किएका हुन् ।

‘कमाएको सबै पैसा सकिएको छ, आफ्नै पैसाले जान सकिने अवस्था छैन’, दैलेखका रत्न रिजालले दुःखेसो पोखे, ‘कमाएको चार हजार रहेकामा दुई हजार भारु ट्युब तर्दा सकियो, अब ८ रूपैयाँ मात्रै बाँकी छ कसरी घर पुुग्नुु ?’

यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अलपत्र मजदुरको कसरी उद्धार गर्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, ‘अलपत्रको उद्धारका लागि सम्बन्धित पालिकाले पहल गर्नुपर्छ ।’ यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

विराटनगर, चैत ९–सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउनका लागि प्रदेश १ सरकारले विराटनगरमा ५० शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । सो भाइरसबाट संक्रमितको उपचारका लागि विराटनगर स्थित नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माणका...

बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु

विराटनगर, १९ माघ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

काँकडभिट्टा नाकामा खटिएका २० सशस्त्र प्रहरीमा कोरोना संकमण

झापा, ९ साउन-पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र २ जनामा...

बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ

काठमाडौं, ९ फागुन । बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि...

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् । यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री...

साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनी

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्