बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु - News Birat

बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु

न्यूज विराट

विराटनगर, १९ माघ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ ।

आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बस र बस चालक सुनसरी बराहाक्षेत्र–४ का ३५ बर्षीय दल बहादुर पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles