लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा सरकारद्धारा खेद व्यक्त

 न्यूज विराट
लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा सरकारद्धारा खेद व्यक्त

काठमाडौं, २७ वैशाख-नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न पराष्ट्र मन्त्रालय भारतलाई आग्रह गरेको छ । शनिबार दिउँसो विनाहस्ताक्षरको एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरेको छ ।

भारतले नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारको अघिकारिक प्रतिक्रिया आएको हो । परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त ‘लिंक रोड’ नेपाली भूभाग रहेको बताएको छ । ‘नेपालले पहिल्यैदेखि भन्दै आएको छ, भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने ‘लिंकरोड’को क्षेत्र नेपाली भूभाग हो’ जारी विज्ञप्तिमा भनिएको छ।

सुगौली सन्धिअनुसार लिम्पीयाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ । ‘विगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत नेपाल सरकारले यसलाई दोहोर्याएको थियो ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्रले एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ । सरकार २ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले...

लकडाउन ७ दिन थप्ने उच्चस्तरीय समितिको निर्णय, आज ४ बजेको मन्त्रिपरिषद्ले अनुमोदन गर्दै

‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुमोदनसहित अन्य...

दुई खेलाडीमा कोरोना देखिएपछि जर्मनीको एक फुटबल टिमका सबै खेलाडी आइसोलेशनमा

एजेन्सी, बैशाख २८-जर्मनीको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्टेनका सबै खेलाडी तथा प्रशिक्षकलाई आइसोलेशनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई साताका लागि आइसोलेशनमा राखिएको हो ।...

नेकपा पुनः एकीकरणमा जुट्न वामदेवको अपिल (पूर्णपाठ)

काठमाडौं, २५ पुस-नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र प्रचण्ड-नेपाल समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । प्रदेश नं. १ प्रदेशसभा बजेट...

नेकपा नेता सरदारद्धारा दैनक मजदुरी गर्ने डेढ सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, चैत १४–गत चैत ११ देखि सुरु भएको ‘लक डाउन’ का कारण जिवन यापनमा समस्या भएपछी नेपाल कम्युनिष्ष्ट पार्टी (नेकपा) मोरङका सदस्य सुभाषकुमार सरदारले मोरङको कटहरी गाउँपालिकामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्ने विपन्न दलित...

राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरू, कोशी र सुदुरपश्चिमको विजय सुरूवात

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्