नेकपा पुनः एकीकरणमा जुट्न वामदेवको अपिल (पूर्णपाठ)

 न्यूज विराट
नेकपा पुनः एकीकरणमा जुट्न वामदेवको अपिल (पूर्णपाठ)

काठमाडौं, २५ पुस-नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र प्रचण्ड-नेपाल समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका हुन् ।

‘पार्टीको एकता जोगाउन वा पुन:एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरूका अगाडि खडा भएको छु,’ गौतमले अपिलमा भनेका छन्, ‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुर्नकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’

उनले ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीलाई हसाउँदै सुरु गरेको लडाई बन्द गर्नसमेत दुवै अध्यक्षलाई आग्रह गरेका छन् । एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरूलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीलाई हसाउँदै सुरु गर्नुभएको लडाई बन्द गनुहोस र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौँ शहिदहरूको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौँ,’ उनले अपिलमा लेखेका छन्, ‘ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौँ र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरूलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौँ ।’

वामदेवले जारी गरेको अपिलको पूर्णपाठ :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान

अपिल
आदरणीय कमरेडहरु,
आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ। योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको छ। नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैँमा गौरवमय उपलब्धि थियो। यो उपलब्धि माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा विकसति जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ती हने छैन। तर सरकार संचालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद र पिडादायी भएको छ। नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शिर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो।

हामी सबैलाई थाहा हुनुपर्छ, चार दशक देखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश बर्ष सम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका विच भएको एकिकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो। राष्ट्रिय राजनीतिमा महत्वपुर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको विचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो। तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानूनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सके पछि मतभिन्नता त्यति जटिल हुने देखिँदैन। सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो। तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो। पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमति अनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो। अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो। यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दूर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ। पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने सम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो।

पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरण पछिको यो एक वर्ष नेतृत्वको धु्रवीकरणमा बित्यो। पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्होन परेको छ। यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै क.के.पी. शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क.पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन्। प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनसर््थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। साथै नीजि क्षेत्रका दर्जनभन्दा बढि कानूनविदहरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ। दुबै समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो हक दावी गर्दै निर्वाचन चिन्ह्मा समेत आफ्नो दावी गरिरहेका छन्।

उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनर्एकिकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु। यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्र्ने नेपाली जनताले कहिल्यै माफि दिने छैनन्। उपरोक्त दुबै समूहमा सामेल हुनुभएका कमरेडहरु !

एक अर्कालाई दोष दिदैं, सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै शुरु गर्नुभएको लडाई बन्द गनुहोस र फर्कनुहोस, पुनर्मिलन गर्नुहोस र हजारौं शहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं।
देश र विदेशमा रहनु भएका हाम्रो पार्टीका प्रिय कमरेडहरु !

नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस। कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस। घरमा आउने कमरेडहरुलाई आफुसक्दो सहयोग गर्नुहोस। सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस। कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस। यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ।
लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन !
धन्यवाद !

वामदेव गौतम
संयोजक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान

सम्बन्धित समाचार

विराटनगर आउँदै गरेको बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर, ८ असोज । मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन्...

कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा...

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३...

२८ दिनपछि डा. केसीले तोडे अनशन

काठमाडौं, २५ असोज-चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् । शनिबार राति अबेर सरकारसँग ८ बुँदे सम्झौता गरेका केसीले आइतबार बिहान अनशन तोडेका हुन् । शिक्षण अस्पताल महारागन्जमा...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

कांग्रेसले डाक्यो प्रतिपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा रहेका दलहरूमध्ये प्रतिपक्ष बेन्चमा रहेका दलहरूसहितको बैठक डाकेको छ । सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशको विषयमा छलफल गरी साझा धारणा बनाउनका लागि...

बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौं, १४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरूले केन्द्रीय कमिटी...

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग, फोनिज मोरङले बुझायो ज्ञापन पत्र

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्