राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरू, कोशी र सुदुरपश्चिमको विजय सुरूवात

 न्यूज विराट
राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरू, कोशी र सुदुरपश्चिमको विजय सुरूवात

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४० रनको योगफल बनाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले ३६ बलमा १ छक्का र ६ चौका प्रहार गरि ४६ रन पारी खेल्दा सुजन थपलियाले ३८ रन, समिर कार्कीले २० रन , दिपेश कंडेलले १४ रन बनाए ।
कर्णालीका अनुज चनाराले २ विकेट, प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिए ।

१ सय ४१ रनको लक्ष्य पाएको कर्णाली १८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय २ रनमा सिमित भयो । कर्णालीका हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन, दिनेश अधिकारीले ११ र दिवान पुनले १० रन बनाए । कोशीका म्यान अफ द म्याच दिपेश कंडेलले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै फिर्दोस अन्सारीले २ विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ७२ रन विशाल स्कोर खडा गर्यो । सुदुरपश्चिमका म्यान अफ द म्याच नरेश भट्टले बिस्पोटक ब्याट्रिङ गर्दै अर्धसतक कटाए । उनले ४६ बलमा १ छक्का र ७ चौका प्रहार गरि ६२ रन पारि अविजित खेल्दा, किरण ठगुनाले २० बलमा ५ छक्का र ३ चौका हिर्काउँदै अविजित ५३ रन र खडक बोहोराले ४१ रन बनाए । गण्डकीका अमित गुरुङ र सन्दिप क्षेत्रीले १–१ विकेट लिए ।
१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीलले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ३२ रनमा सिमित भयो। गण्डकीका लागि दिपक डुम्रेले ३० बलमा १ छक्का र ६ चौका प्रहार गरि ४० रन पारी खेल्दा श्वर क्षेत्रीले १८ रन, समिर कंडेलले १४ रन, सन्दीप क्षेत्रीले १२ रन र गोविन्द विकले ११ रनको योगदान दिए । सुदुर पश्चिमका हेमन्त धामीले ३ विकेट लिँदा नारायण जोशी, शेर मल्ल र नरेन साउदले समान २–२ विकेट लिए ।
चैत्र ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागिय टोली गरि १० टिम सहभागि हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरेसीले बताए । प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

सरकारको चेतावनी : कोरोना खोप लगाउँदा पैसा लिनेलाई कारबाही हुन्छ

काठमाडौं, १४ असार । सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क...

कोशीको शिलप्याक सिलिन्डरमा छैन ग्यास, उद्योगलाई दुई लाख जरिवाना

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

सकियो आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

जनकपुर, २ वैशाख-माटोको हिलो एकअर्कालाई छ्यापेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ । तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुडशीतल यसैगरी मनाइँदै छ । यो वर्ष भने लकडाउनका कारण जुडशीतल पर्व प्रभावित भएको छ ।...

स्पार्क हस्पिटलले सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने, १० पुसमा निःशुल्क शिविर र रक्तदान

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी...

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा ‘हेल्प डेस्क’ सञ्चालन

विराटनगर, १८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहयोगका लागि महासंघ मोरङले हेल्प डेस्क स्थापना गरेको हो । मोरङका...

स्याङ्जाका १ जनाको भारतीय क्वारेन्टाइनमा

बुटवल, १० जेठ-भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका १ नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्