चिनियाँ दूतावासले भन्योः कानुनको पालना सबैले गर्नुपर्छ

 न्यूज विराट
चिनियाँ दूतावासले भन्योः कानुनको पालना सबैले गर्नुपर्छ

काठमाडौं, २७ वैशाख-स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकबारे चिनियाँ दूतावास बोलेको छ । शुक्रबार दिउँसो स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो ।

चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको घटनाबारे आफू जानकार रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल गरिरहेको नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार राती विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रहरीमाथि आक्रमणमा उत्रिएका ४ चिनियाँ नागरिकमाथि मुद्दा चलाउने तयारी भएपछि दूतावासले राती विज्ञप्ति जारी गरेर घटनाबारे जानकार रहेको उल्लेख गरेको हो ।

नेपालमा रहेका चिनियाँहरूले यहाँको कानुनको पालना गर्नु पर्ने पक्षमा आफूहरू रहेको विज्ञप्तिमा उल्लेख छ । झडपमा परी महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र १ प्रहरी जवान घाइते भएका छन् । यस्तै, ४ जना चिनियाँ नागरिक पनि घाइते भएका छन् । लकडाउन उलङ्घन गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।

प्रहरीले उनीहरूको भीडलाई तितरबितर पार्न खोज्दा उनीहरू प्रहरीमाथि नै जाइलागेका थिए । अहिले प्रदर्शन गर्न पुगेका सबै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले यसअघि पनि स्वादेश फिर्ता हुन पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका थिए भने पर्यटन वोर्डमा समेत पुगेका थिए ।

सम्बन्धित समाचार

दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग

विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...

मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको 'महामूर्ख' उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषद्ले होली पर्वको अवसर पारेर आइतबार मह जोडीलाई सो उपाधि प्रदान गरेको हो । त्यस्तै प्रदेश- २ का...

भारतीय विदेश सचिव ११ मंसिरमा काठमाडाैं आउने

काठमाडौं, ८ मंसिर-भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला ११ मंसिरमा नेपालको दुई दिने भ्रमणमा काठमाडौं आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका श्रृंगलाकाे भ्रमणको पहिलो दिन नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै...

सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

एजेन्सी, असार १४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक...

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

स्थानीय चुनाव : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्