भारतीय विदेश सचिव ११ मंसिरमा काठमाडाैं आउने - News Birat

भारतीय विदेश सचिव ११ मंसिरमा काठमाडाैं आउने

न्यूज विराट

काठमाडौं, ८ मंसिर-भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला ११ मंसिरमा नेपालको दुई दिने भ्रमणमा काठमाडौं आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका श्रृंगलाकाे भ्रमणको पहिलो दिन नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । निर्धारित भ्रमण तालिकाअनुसार उनी १२ मंसिरमा नयाँदिल्ली फर्कने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles