मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित - News Birat

मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित

न्यूज विराट

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषद्ले होली पर्वको अवसर पारेर आइतबार मह जोडीलाई सो उपाधि प्रदान गरेको हो ।

त्यस्तै प्रदेश- २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल यस वर्षको मूर्ख शिरोमणि घोषित भएका छन् ।महजोडीलाई मन्त्री सोनल र मिथिला नाट्यकला परिषद्का अध्यक्ष प्रमेश झाले संयुक्त रुपमा महामूर्खको मानपदवी हस्तान्तरण गरे ।

मिथिला नाट्यकला परिषदले साढे दुई दशकदेखि होली पर्वको अवसरमा होली गायन प्रतियोगिता तथा महामूर्ख सम्मेलन गर्दै आएको छ । समाजमा योगदा दिएका बुद्धिजिवी, विद्वत, चर्चित व्यक्तिमध्येबाट महामूर्ख घोषित गरिँदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles